भगवान् श्रीपशुपतिनाथको मन्दिर र पावन पशुपति क्षेत्र प्राचीनकालदेखि नै विश्वभरका सनातन हिन्दूजनको श्रद्धा र आस्थाको केन्द्रबिन्दु एवं पवित्र तीर्थस्थलका रुपमा रहिआएको छ । देवपाटन, जयवागेश्वरी, गौरीघाट, चावहिल, कुटम्बहाल, सिफल, गौशाला, पि·नस्थान र श्लेष्मान्तक वन आसपासको विशाल क्षेत्रलाई ओगटेर २६४ हेक्टरको क्षेत्रफलमा फैलिएको पशुपति क्षेत्रमा ४९२ साना-ठूला विभिन्न शैलीका मठ  मन्दिर, सत्तल, ढुंगेधारा, चैत्य, देवालय आदि धार्मिक तथा ऐतिहासिक स्थल र लगभग एक हजार शिवलि‌गं रहेका छन् ।
लिच्छवीकालदेखि नै पशुपति क्षेत्रका रुपमा प्रसिद्ध भएको यस क्षेत्रमा इसापूर्व तेस्रो शताब्दीसम्मका विभिन्न मुर्तिहरु पाइएका छन्, साथै शक संबत् ३८१ (ई ४५९) को तिथिमितिसहितको हालसम्मको पहिलो लिच्छवि-अभिलेख पनि यही भेटिएको छ । यसरी यो क्षेत्र काठमाडौं उपत्यकाकै प्राचीनतम धार्मिकस्थल प्रमाणित भएको छ र अतिप्राचीन पूजास्थल, मठ  मन्दिर र मूर्तिहरु तथा प्राचीन अभिलेखहरुको अवस्थितिले गर्दा यो क्षेत्र खुला संग्रहालय जस्तै देखिन्छ ।
नेपालको राष्ट्रिय संस्कृतिको मूल आधार भएको धार्मिक समन्वयको विकासमा यस क्षेत्रको योगदान सर्वोपरि छ । यहाँ प्राचीनकालदेखि नै विभिन्न मतको समन्वय भएको पाइन्छ । शैव, शाक्त, वैष्णव, बौद्ध, जैन सौर, गाणपत, नाथ सिख आदि प्रमुख सम्प्रदायका भक्तजनहरुका लागि यो क्षेत्र सदैव समान आस्था एवं श्रद्धाको केन्द्र बनेको छ र ती-ती सम्प्रदायका विभिन्न स्मारक एवं पुजास्थल अखाडा यस क्षेत्रमा रहेका छन् । भगवान श्रीपशुपतिनाथको नित्यपूजाका क्रममा शालिग्रामको पूजाका साथै श्रीयन्त्रमा तान्त्रिक विधिले शक्तिपूजा समेत गरिने हुनाले र भगवान श्रीपशुपतिनाथलाई प्रतिवर्ष बुद्धमुकुट पहिर्‍याउने भएकाले पनि भगवान् श्रीपशुपतिनाथ स्वयं धार्मिक समन्वयको प्रतिक हुनुहुन्छ र हामीलाई सधै पारस्परीक सद्भावनाको प्रेरणा प्रदान गरिरहनु हुन्छ भन्ने स्पष्ट बाँकी अंश

पशुपति मन्दिरको ढोका खुल्ने र बन्द हुने समयः

पश्चिम ढोका बिहान ४:०० बजेदेखि खुला भै नित्य भोगका लागि १:०० बजेदेखि २:०० बजेसम्म बन्द रहने ।
पूर्व, दक्षिण र उत्तर ढोकाहरु बिहान ९:०० देखि १२:०० बजेसम्म खुला भै नित्यपूजाका लागि १२:०० देखि २:०० बजेसम्म बन्द रहने र दक्षिण ढोका पुनः २:०० बजे खुला हुने ।